प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
चैत्र २०७८
शंकास्पद नक्कली पैसा सहित मानिस नियन्त्रणमा
२०७८-१२-२९

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौँ तर्फ आउदै गरेको बा.२ ज ४३६७ न.को ट्याक्सीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्याक्सीमा सवार निम्न मानिसहरुको साथमा रहेको झोला भित्र नक्कली नोट जस्तो  देखिने हजारको नोट भएको बिट्टा प्लास्टिकले बेरेर ल्याएको ५ (पाँच ) पोका पैसा र पैसा बनाउन प्रयोग गरिने सेतो पेपर १ बिट्टा फेला परेको थियो । प्रहरीले उक्त ट्याक्सी,चालक तथा सवार दुबै जना लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानक कार्य गरिरहेको छ ।  निम्नः- नियन्त्रणमा रहेको मानिसजहरुः-१)     जिल्ला सिन्धुपाल्चोक मेलम्ची-१३ घर भई हाल जिल्ला काठमान्डौ काठमान्डौ महानगरपालिका-९ बस्ने बर्ष ३२ को समिर पाण्डे । २)     जिल्ला खोटाङ खुट्टेह्याङ गाउँपालिका-९ बस्ने बर्ष २३ को भुमिराज अधिकारी ।                  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२२

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमान बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलिले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बिराटनगर बाट काठमाण्डौं तर्फ आउदै गरेको प्र ३-०१०००६ ख ०३१० न.को हाईसमा सवार जिल्ला सिराहा कर्जन्हा नगरपालिका-४ बस्तिपुर बस्ने ३७ वर्षीय नन्द किशोर दासले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने NITRAVET-10 लेखिएको १०० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ३००० पिस लागुऔषध फेला परेको थियो ।  लागुऔषध सहित निज फुल महमद अन्सारीलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुली बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलिले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौं तर्फ आउदै गरेको ना १ ज ३८७४ नं.को सुमो गाडिको दाहिने साईडको सिटमा सवार जिल्ला सर्लाही मलंगवा नगरपालिका-३ बस्ने १९ वर्षीय फुल महमद अन्सारीले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने NITRAVET-10 लेखिएको २० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ६०० पिस लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निज फुल महमद अन्सारीलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१८

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे चेकप्वईन्ट स्थित प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले पथलैयाबाट हेटौडातर्फ आउदै गरेको प्र.३-०२-००६प २६१४ नं.को Ns मोटरसाईकल लाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङले बोकेको भिर्ने झोला र मोटरसाईकलको सिटमुनि लुकाईछिपाई ल्याएको लागुऔषध खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ ८ प्याकेट (४ ग्राम) र नाईट्रोभेट १३ ट्यावलेट फेला परेको । लागुऔषध, मोटरसाईकल सहित निज बलराम गुरूङ लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अवश्यक अनुसन्धान कार्य भईरहेको ।  

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९७९९ नं.को WINGER गाडिको १ नं. सिटमा सवार जिल्ला झापा बिर्तामोड नगरपालिका-७ बस्ने २४ वर्षीय सागर दर्नालले बोकेको कालो झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध जस्तो देखिने निम्न अनुसारको औषधी सहित निज सागर दर्नाललाई  प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । निम्न अनुसारको औषधीहरूः१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) २)     SPASPAIN- लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) ३)     Paracetamol Tablets IP 500 Mg Parashang लेखिएको ९ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ९ पिस मात्र रहेको )४)     TRAID -१ पत्ता १० पिस मात्र५)     PREGABA ७५ लेखिएको १ पत्ता १० पिस  

बसको ठक्कर बाट मानिसको मृत्यु
२०७८-१२-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ नेवारपानी स्कुल चोक स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुने मानिस सोहि नेवारपानी बस्ने ७३ वर्षीय मान बहादुर ढकाल रहेका छन् । निजलाई पुर्व-पश्चिम सडकखण्डमा मोरङ उर्लाबारी बाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १३६५ नं.को बसले ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका निज मान बहादुर ढकालको उपचारको लागी हेटौडा अस्पताल पठाईएकोमा हेटौडा अस्पताल पुग्नासाथ डाक्टरलले निजलाई मृत घोषणा गरेको थियो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, घट्ना बारे अन्य अनुसन्धान कार्य भईरहेको ।  

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना.८.ख ३२९४ नं.को चाउचाउ लोड गरेको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको Dashboard मा लुकाई छिपाई ल्याएको निम्न अनुसारको औषधी लागुऔषध जस्तो देखिने फेला परेको थियो । प्रहरीले उक्त ट्रक, ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका-२ बस्ने २४ वर्षीय सन्देश तामाङ र त्यसमा सवार सोहि स्थित बस्ने २४ वर्षीय उमेश परियार समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । निम्न अनुसारको औषधीहरूः१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) २)     SPASMO-७ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ७ पिस मात्र रहेको) CTZ (सी.टी.जेड)-११ पिस (१ पत्तामा १४ पिस हुनुपर्नेमा ११ पिस मात्र रहेको)

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१५

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा सर्लाही बाट काठमाण्डौं तर्फ जाँदै गरेको बा २ ख ४१३१ न.को हाईस गाडिको १० नं.सिटमा सवार जिल्ला सर्लाही हरिवन नगरपालिका-८ बस्ने १९ वर्षीय डिकल राईले बोकेको भिर्नि झोला खोलि हेर्दा उक्त झोला भित्र सोहि स्थित बस्ने १९ वर्षीय रोहित कुमार दासको ट्याक सुरुवालमा हरियो प्लास्टिकको झोलामा पोका पारी ल्याएको १२२ (एक सय बाईस) ग्राम लागुऔषध गाँजा फेला परेको हो । लागुऔषध गाँजा सहित निज रोहित कुमार दासलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । उक्त सवारी, त्यसको चालक र निजको साथी डिकल राईलाई आवश्यक कागज गरी छाडिएको हो ।

अवैध किट-नाशक औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१४

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित ना.१ ज.४७७६ नं.को भाडाको म्याजिक प्रयोग गरी  प्रतिबन्धित किटनाषक औषधी र अवैध मल बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त नं.को म्याजिकमा लुकाई छिपाई राखेको १७ बोरा बिनग्रो जी र ५ कार्टुन जिल सहित जिल्ला सर्लाही बसपडिया गाउँपालिका-६ बस्ने ३२ वर्षीय सन्तोष साह र जिल्ला चितवन माडी नगरपालिका-९ बगही बस्ने ३२ वर्षीय गिरेन्द्र दुरा लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित भाडामा लिएको कोठा भित्र लुकाई छिपाई राखेको बिनग्रो जी ३२ बोरा र जिल ११ कार्टुन गरी जम्मा बिनग्रो जी ४९ बोरा र जिल १६ कार्टुन फेला पारेकोले उक्त किटनाषक औषधि सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१४

मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरमा माथिल्लो भेगबाट लोथर बजार तर्फ लागुऔषध गाजाँ बोकि आईरहेका ब्यक्तिहरुलाई बिशेष सुचना आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक र प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले चार (४) वटा बोरामा बोकि ल्याएको लागुऔषध गाजाँ अन्दाजी ९५ के.जि. र गाजाँ बोकि आईरहेका निम्न स्थान बस्ने निम्न मानिसहरु सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।निम्न:१)     जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ सुगौरा बस्ने वर्ष ५३ को बुद्धि बहादुर थिङ ।२)     जिल्ला धादिङ रोराङ गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी ३० को मान बहादुर चेपाङ।३)     सोही बस्ने वर्ष अन्दाजी ३९ को सन्त बहादुर चेपाङ ।४)     जिल्ला चितवन राप्ति नगरपालिका-११ बस्ने वर्ष अन्दाजी ५५ को सन्च बहादुर थिङ । ५)      घट्ना स्थलमा गई सर्च गर्ने क्रममा प्लाष्टिकको झोलामा थप अन्दाजी ५ के.जि. लागुऔषध गाँजा फेला परेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-११

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा ५ जना खटिएको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना.१.ज ७०७२ नं.को Winger गाडिको चालक साईडको ११ नं. सिटमा सवार जिल्ला मकवानपुर बागमती गाउँपालिका-२ सानोबगर बस्ने २८ वर्षीय कुमार स्याङतानले बोकेको भिर्ने झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (४ पोका) अन्दाजी ७५ (पच्चहत्तर) ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई हो । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको । 

ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु
२०७८-१२-१०

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित राप्तिखोलामा ट्याक्टर दुर्घट्ना भई चालकको मृत्यु भएको छ । भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नं.को खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाचि दुर्घट्ना हुँदा ट्याकटर चालक राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङतान पानिमुनि ट्याक्टरले च्यापि मृत अवस्थामा फेला परेका थिए । उक्त ट्याक्टरमा सवार सोहि बस्ने १६ वर्षीय बिशाल बल भने पौडिएर स-कुशल रहेको । यस घट्नाको सम्बन्धामा प्रहरीले मुचुल्का सहितको कार्य गरि थप अनुसन्धान पनि गरिरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-१२-१०

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्र.ना.नि. को कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । बर्दिबासबाट काठमाण्डौं तर्फ जाँदै प्र ३-०१-००५ ख ९७१४ नं.को Winger गाडिको चालक साईडको ६ नं.सिटमा सवार जिल्ला धनुषा धनुषाधाम नगरपालिका-६ मालटोल बस्ने २४ वर्षीय फुच्चे अछामिले बोकेको कालो रङको भिर्ने झोला चेकजाँच गर्दा उक्त झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (२२ पोका) अन्दाजी ९६ (छयानब्बे) ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको छ ।

करेन्ट सर्ट भई आगलागि हुँदा लाखौंको क्षति
२०७८-१२-१०

दोलखा, भिमेश्वर नगरपालिका-६ बिचबजार स्थित बालकृष्ण श्रेष्ठको घरको सटरमा सञ्चालनमा रहेको संसार टेलर्समा अचानक करेन्ट सर्ट भई आगलागि भएको छ । उक्त टेलर्स सोहि नगरपालिका-१ देउराली बस्ने ४३ वर्षीय पदम बहादुर श्रेष्ठले संचालन गर्दै आएका थिए । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । उक्त आगो बाट कुनै मानबिय तथा चौपाय क्षती भने नभएको तर निम्न सरसमान जली नष्ट हुँदा अन्दाजी रू. १०,००,०००।– (दश लाख) बराबरको क्षति भएको छ ।निम्नः१.      काठको कपडा राख्ने र्‍याक थान १  ।२.     टेलर मेसिन थान ३  । ३.     टेबुल थान १  । र टेलर्समा रहेको कपडा र अन्य सामान जलि नष्ट भएको । 

मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यु
२०७८-१२-०७

सिन्धुली, दुधौली नगरपालिका-२ गागन बजार स्थित मदनभण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटना भई एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक जिल्ला मोरङ इटहरा गाउँपालिका-४ बस्ने २२ वर्षीय अबिशेक भट्टराई रहेका छन् । निज प्र.१-०२-०४४ प. ५००९ नं. NS 200 पल्सर मोटरसाईकलमा भिमान बाट डकाहा तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ गागन बजार स्थित मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट बायाँ तर्फ अन्दाजी ३५ फिट तल झरी दुर्घटना भएको हो । उक्त दुर्घटनामा निज मोटरसाईकल चालक अबिशेक भट्टराईको बायाँ हात, बायाँ खुट्टा भाँचिएको नाकबाट रगत बगि बेहोस रहेको अवस्थामा प्रहरीले फेला पारि निजको उपचारको लागी चन्दनपुर ओम साई मेडिकलमा लगिएकोमा डाक्टरले निजलाई हेर्दा मृत घोषणा गरेको थिए । घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-१२-०७

सिन्धुली, मरिण गाउँपालिका-२ सानो गर्दवा स्थित विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्र.नि.को कमाण्डमा १० जनाको प्रहरी टोली खटिगई निम्न स्थान बस्ने निम्न मानिसहरुको घर तथा आसपास यरियाहरुमा खानतलासी गर्ने क्रममा घर देखी अन्दाजी ३०० मिटर नजिकै खेतको मकैबारीमा बोरामा प्याकिङ गरी लुकाई छुपाई राखेको अवस्थामा अन्दाजी २८ के.जि. लागु औषध गाँजा फेला पारि निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्न स्थान बस्ने निम्न मानिसहरूः-१) जिल्ला सिन्धुली मरिण गा.पा. २ सानो गर्दवा बस्ने  शोभा सिंह मोक्तानको छोरा अन्दाजी वर्ष ४० को दल बहादुर मोक्तान २) सोहि स्थित बस्ने प्रेम कुमार जिम्बाको छोरा अन्दाजी बर्ष १८ को पेम्बा दोर्जे जिम्बा

आगलागीबाट लाखौंको क्षती
२०७८-१२-०४

चितवन, माडी नगरपालिका-४ खैरहनी स्थित रहेको माधब लामिछानेको धन्सारमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहायतामा र्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगलागीबाट धन्सार र नजिकै रहेको २ वटा कुखुराको फर्ममा रहेको निम्न सामान हरु नष्ट भई अन्दाजी बैसठी लाख (६२,००,०००) बराबरको क्षती भएको छ । आगोबाट कुनै मानबिय क्षती भने भएको छैन् । घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । निम्न१)     धन्सारमा रहेको ७४ क्विन्टल अन्न ,७० बोरा कुखुराको दाना, फ्रिज, सोलार प्यानल थान-४,ब्याट्री थान-३,ईन्भटर थान -१ २)     कुखुराको फर्ममा रहेको तयारी कुखुरा १५००,चल्ला १०००नष्ट भएको                    

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-०३

सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजार स्थित रहेको स्ट्यान्डर होटलमा जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३१ रातोपुल घर भई हाल दुधौली नगरपालिका-९ दुधौली बजारमा कोठा गरी बस्ने अन्दाजी २८ वर्षीय रमेश महतोलाई प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको छ । निजको साथबाट पोका पारेको पलाष्टिक सहितको 0.230 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरि पुन; निज बस्ने गरेको कोठामा समेत खानतलासी गर्दा निज सुत्ने गरेको खाटको डस्ना मुनि बाट पलाष्टिक सहितकको 16 पोकाको 1.750 ग्रामको खैरो हिरोइन जस्तो देखिने पदार्थ  र सोहि कोठामा रहेको काठको दराजको माथी बाट 55 ग्राम गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ र बरामद गरेको लागु औषध सहित निज रमेश महतोलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान कार्य भैरहेको छ ।

लागुऔषध अफिम सहित मोटरसाईकल नियन्त्रणमा
२०७८-१२-०२

वनापुर, कैलाश गाउँपालिका-७ रतुवा स्थित भित्री ग्रामिण सडक खण्डमा विशेष सुचनाको आधारमा तामलाङबाट रतुवा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००३ प.१४१० नं. को १५० सि.सी.को पल्सर मोटरसाईकल र Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई ई.प्र.का.मनहरी र प्र.चौ.भार्ताबाट प्र.स.नि.को कमाण्डमा तथा प्र.चौ.चैनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रोक्न खोज्दा दुवै जनाले मोटरसाईकल छोडि भागेकोमा Ontest मोटरसाईकल चालकले फालेको पछाडी भिर्ने झोला खोली चेकजाँच गर्ने क्रममा झोला भित्र ५ किलो अफिम, ५०० सयको दरले २०० थान नेपाली नोट रु.१,००,०००।– (एकलाख) र महालक्ष्मी विकाश बैंकको दिलिप कुमार लामाको नाममा रहेको ब्ल्यांक चेक थान-२ सहित फेला पारी ई.प्र.का.मनहरी मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । २ वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा, फरार मोटरसाईकल चालकहरुको खोजतलाश कार्य जारी रहेको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<